नियम २६
नेपाल राजपत्रमा प्रकाशित गर्ने
(१) मुद्दा मामिलाको रोहमा संवैधानिक इजलासबाट भएको अन्तिम आदेश वा फैसलाले निरुपण गरेका देहायका विषयहरु नेपाल राजपत्रमा प्रकाश गरिनेछः –
(क) संविधानको धारा १३३ को उपधारा (१) बमोजम कुनै कानून अमान्य वा बदर घोषित भएको व्यहोरा,
(ख) संविधानको धारा १३७ को उपधारा (२) को खण्ड (क) बमोजिम संघ, प्रदेश र स्थानीय तहको अधिकारक्षेत्र सम्बन्धी विवादमा निरुपित गरिएको विषय,
(ग) संविधानको धारा १३७ को उपधारा (२) को खण्ड (ख) बमोजिम संघीय संसद वा प्रदेशसभाका सदस्यको निर्वाचन बदर भएको वा कुनै सदस्य अयोग्य घोषित गरिएको विषय।
(२) उपनियम (१) बमोजिम प्रकाशन हुने सूचनाको व्यहोरा रजिष्ट्रारले प्रमाणित गरी कानून तथा न्याय मन्त्रालयमा प्रकाशनार्थ पठाउनेछ र त्यस्तो सूचना कानून तथा न्याय मन्त्रालयको नामबाट नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।